Duration 10:50

Cricket Association of Nepal को कारवाहीमा परेका क्रिकेट खेलाडीहरुले गरे पत्रकार सम्मेलन ournewscrew

118 watched
0
4
Published 17 Dec 2021

#NepaliCricketTeam #NepaliCricketplayerSalary #NepaliCricketplayers क्रिकेट खेलाडी पत्रकार सम्मेलन: नेपाल क्रिकेट संघ क्यानले कारवाहीमा गरेका चार जना क्रिकेटरले कारबाही र वर्गिकरणको विषयमा निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले क्यानले खेलाडीसंग गरेको प्रतिवद्धता पुरा नगरेको तर उल्टै आफुहरुलाई कारवाही गरेको आरोप समेत लगाएका छन् । क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउन नदिन समेत खेलाडीहरुले अपिल गरेका छन् । पत्रकार सम्मेलनमा ज्ञानेन्द्र मल्लले संवादबाट निकास निकालौ भन्ने चाहेको बताउनुभयो । मल्लले राष्ट्रिय टिमभित्र आफुले गुट बनाएको आरोप निराधार रहेको तर्क गर्नुभयो । खेलाडीहरुले पाउँदै पाएको म्याच फि नपाएको, भत्ता पहिला भन्दा कम भएको, बिमा, रिह्याब नभएको, त्रिदेशीय सिरिज जितेको प्रोत्साहन स्वरुप पुरस्कारका लागि पहल गर्नुपर्ने लगायतका विषयमा पनि लिखित रुपमा नै ध्यानाकर्षण गराएको उहाले बताउनुभयो । यसअघि क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट मल्ललाई बर्खास्त गरेको थियो । त्यस्तै उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई जिम्मेवारीबाट हटाउने निर्णय पनि गरेको थियो । त्यस्तै क्यानले खेलाडी आचार संघीता उल्लंघनमा मल्ल सहित दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रिय सम्झौताबाट सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको छ । Nepali News and Information channel that aims in promoting news and current affairs with a professional and an objective approach.Garb Media Networks Pvt Ltd is the official YouTube channel of ournewscrew.com managed by Garb Media Networks Pvt Ltd and is registered with Press Council Nepal and Department of Information & Broadcasting of Nepal (Reg. No. 639-076/077)

Category

Show more

Comments - 0