चलचित्र पत्रकार संघ नेपाल कास्कीको चौंथो साधारण सभा : जित प्रसाद द्वा पत्रकारिता पुरस्कारबाट सिग्देल पुरस्कृत, कलाकार घिमिरे सम्मानित || #JuksonTV || #FJAKaski
जित प्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको चौंथो वार्षिक साधारण सभा तथा पुरस्कार अर्पण कार्यक्रममा सिग्देल पुरस्कृत भएका हुन् ।
उनलाई प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ताम्रपत्र, दोसल्ला, माला, अबिर र नगद सहित सम्मान गरे । लामो समय देखि पोखरामा रहेर चलचित्र क्षेत्रमा अनवरत कलम चलाएको भन्दै उनलाई नगद २५ हजार सहित सम्मान गरिएको हो ।
कार्यक्रममा पुरस्कारदाता जित प्रसाद द्वा र कलाकार प्रकाश घिमिरेलाई संघले सम्मान गरेको थियो । संघको पहलमा जित प्रसाद द्वा पत्रकारिता पुरस्कार स्थापनामा गरेका जित प्रसाद द्वालाई दोसल्ला, ताम्रपत्र, माला र अबिर सहित सम्मान गरिएको थियो । पुरस्कार दाता द्वाका सुपुत्रको निधन भएको ४५ दिन नपुगेकाले कार्यक्रममा उनको भौतिक उपस्थिति हुन सकेन । जसलाई मिडटाउन सिनेमाजका प्रतिनिधिले ग्रहण गरेका थिए ।
यस्तै, लामो समय देखि गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै चलचित्र क्षेत्रमा कलाकारिताका माध्यम पुर्याएको अतुलनिय योगदानको कदर गर्दै कलाकार घिमिरेलाई संघले सम्मान गरेको थियो । सम्मान ग्रहण गर्दै घिमिरेले चलचित्र पत्रकार संघको उज्जवल भविष्यको कामना गरे । घिमिरेले आफु चलचित्र क्षेत्रको उन्नयन र विकासमा कलाकारिताकै माध्यम अनवरत खटिने प्रतिबद्धता व्यक्त गरे ।
Video : Ashik Thapa and Anjal Gurung / Jukson.com
Jukson Group Pvt. Ltd.
OUR SERVICES : Photography, Cinematography, Film Production, TV Commercial, Music Video Production, Event Management and Wedding Planning.
Call us: 9846384451, 9856039451
https://www.facebook.com/JuksonPhotographyhttps://www.facebook.com/Juksoncom� ��
http://www.jukson.com
#JuksonIsEverywhere
#NepaliMovies
#NepaliActors
Jukson TV
#News. #Events. #Entertainment
A Complete #Infotainment Channel
Please subscribe our channel