Duration 15:52

'भोली क हुन्छ' । नेपाली नाटक । नाटककार विजय मल्ल । नेपाली शिक्षा—४१७ । Voli k hunxa Natak.

9 569 watched
0
300
Published 6 Oct 2021

विजय मल्ल नेपाली साहित्यका बहुमुखी प्रतिभाहरूमध्यकै बहुचर्चित नाम हो । कथा, कविता, उपन्यासलगायका विविध विधाहरूमा सफलतापूर्वक कलम चलाउने मल्लको सर्वाधिक रुचि र सफलताको क्षेत्रचाहिँ नाटक हो। यथार्थवाद र प्र्योगवबादको ग्रहण गर्दै नयाँपन दिनु आधुनिक नेपाली नाटकमा उनको महत्वपूर्ण योगदान हो । आइ. एस्सी. सम्मको अध्ययन गरेका मल्लले थुप्रै लेख 'कोही किन बर्बाद हस्' (२०१५), 'जिउँदो लास' (२०१७), 'भोली के हुन्छ ?' (२०२२), 'स्मृतिको पर्खालभित्र' (२०४०) नामक पूर्णाङ्की नाटकहरू र 'पत्थरको कथा', 'दोभान', 'वित्तेघडी', 'भूलभूलैयाको यथार्थ' आदि जस्ता एकाङ्कीसंग्रह प्रकाशित छन् । विजय मल्लको नाट्यप्रवृत्ति निम्न अनुसार छन् : (क) सामाजिकता, (ख) मनोविश्लषणात्मक, (ग) प्रगतिवाद, (घ) समस्याकेन्द्रित नाटक लेखन, (ङ) युगबोध, (च) राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिवेशको प्रयोग, (छ) मानवतावाद, (ज) प्रयोगवाद/प्रयोगशीलता । यस नाटकमा मुख्य पात्रका रूपमा १.राजेन्द्र २.मोहन ३.सुवर्ण ४.जज/न्यायाधीश ५.आमा अन्य पात्रहरू १. माधुरी २. महेश ३. दुलही आदि । यस नाटक आणविक होडले जन्माएको सन्त्रासजन्या विश्वपरिवेशमा आधारित छ । नाटकीय कर्यव्यापर सम्पन्न भएको समय र स्थान बारे नाटकमा कुनै संकेतसम्म पाइँदैन। यो सामग्री वी. एड. प्रथम वर्षको नेपाली शिक्षा — ४१७ मा आधारित छ ।

Category

Show more

Comments - 10