Duration 31:46

SS FB Live 246 बिभिन्न देशका अपडेटहरू

42 watched
0
2
Published 9 Dec 2021

आजको लाईभमा पनि हामीलेः यूएई अपडेट -जनवरी -१ - २०२२ बाट लागू हुने गरी सरकारी सेक्टरका कर्मचारीहरूले साढे चार दिन मात्र काम गर्नु परे हुने भएको छ भने हप्तामा अढाई दिन बिदा हुने छ। शुक्रवार आधा दिन, शनिवार र आईतवार पुरा दिन विदा रहनेछ। यो विश्वकै पहिलो देश हो जसले साढे चार दिन मात्र काम गर्ने दिन बनाएको छ । ⁃५० औ यूएई राष्ट्रीय दिवसको अवसरमा Central Bank ले ५० दिरामको नयॅा नोट निष्काशन गरेको छ। ⁃यूएईका विधालयहरू Winter Break को तयारीमा। ⁃साउदीका Crown Prince २ दिनको लागी अफिसियल भिजिटमा अबुधावी आउनु भएको छ। ⁃Expo - 2020 दुबई मा Dec - 5 सम्ममा 5.66 million भिजिटर्स ले भिजिट गरिसकेको रेकर्ड। कुवेत :- -केही प्राबिधिक कामहरु बाहेक कुवेतमा ६०० केडी(करिब २ लाख ३० हाजार नेरु) भन्दा कम पारिश्रमिक �� यूनिभर्सिटी प्रमाणपत्र नहुनेको सवारीचालक अनुमतीपत्र(लाइसेन्स) खारेज गरिने । -कुवेतमा पनि आज कोरोनाको नयाँ भेरीएन्ट 'ओमिक्रोन'को संक्रमित भेटियो । अफ्रिकाबाट आएका यात्रुमा ओमिक्रोन संक्रमण भेटिएको हो । -कुवेतमा सम्बन्धित काम सम्बन्धी तालिम वा पढाई नभएकालाई बाहिरबाट नल्याइने । अब अनलाइन भिसा प्रणालीलेनै यि सबै कुराहरु हेर्ने । - डिसेम्बर १ देखी ७ सम्म ४७४ जना भिसा नियम उल्लङ्घनकर्ता(इलिगल/अनडकुमेन्टेट) पक्राउ । सबैलाई देशनिकाला (डिपोर्ट)गरिने । -कुवेती र अन्य आप्रबासीहरुलाई सकेसम्म कुवेत नछोड्न स्वास्थ्य मन्त्रालयको आग्रह। बहराइन:- -नेपाली दूतावास बहराइनले गर्‍यो खेलाडी सम्मान। तेक्वान्���ोमा आइतवार भएका प्रतिस्पर्धाहरुमा पलेशा गोवर्द्धनले स्वर्ण पदक, सिर्जना घिसिङले रजत पदक तथा विशाल गर्बुजाले कास्य पदक जितेका थिए । खेलाडीहरु लगाएत प्रशिक्षक कविराज नेगी लामा, टोली नेतृत्वकर्ता तथा राष्ट्रिय खेलकुद परिषद्को सदस्य नन्दा वस्याललाई दुतावासले सम्मान गरेको हो । -केही राहदानीहरु तयार आएकोले आफ्नो राहदानी लिना आबेदकलाई अनुरोध । साउदीअरब:- -दमाममा राहदानी वितरण तथा राहदानी आवेदन संकलन शिविर आगामी शुक्रबार १७ डिसेम्बर २०२१ हुँदै । अल असेम रेष्टहाउस फर फेस्टिभवल,अल फैसलिया, दमाम-बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मलेशिया:- -जापान जाँदै गरेका ३६ नेपाली नागरिकहरुमा ३४ जना नेपाल फर्काइयो र २ जना जापान सरकारको थप अनुमति प्राप्त गरी जापानतर्फ पठाउन नेपाली दूतावास म���ेसियाले मध्यस्थकर्ताको काम गर्‍यो । कतार : कतारमा कार्यरत आप्रवासी श्रमिकलाइ बिश्वकप सुरु हु���ु अगाडि करिब ४ महिना लामो छुट्टि पठाउने कतारको तयारी । कतारमा आज कोरोना भाइरस १ सय ६३ जनामा देखियो । हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

Category

Show more

Comments - 0